आवश्यक सामग्रीः
उसिनेको आलु – ३०० ग्राम
काटेर उसिनेको हरियो सिमी – १०० ग्राम
काटेको गोलभेंडा – २०० ग्राम
काटेको प्याज – १ कप
काटेको हरियो खुर्सानी – १ चम्चा
अदुवाको रस – आधा चिया चम्चा
काटेको पुदिनाको पात – १ कप
काटेको हरियो धनियाँ – १ कप
कागतीको रस – १ चिया चम्चा
चिनी – १ चिया चम्चा
बटर – २ टेबल चम्चा
कोरेको चीज – आधा कप
पाउरोटी – १ प्याकेट
नून – स्वादअनुसार
विधि
सर्वप्रथम प्रत्येक पाउरोटीको स्लाइसमा बटर लगाउनुपर्छ । त्यसपछि एउटा भाँडोमा बोक्रा ताछेको आलु, उमालेको माथि उल्लिखित सब्जीहरू, प्याज, कागतीको रस, चिनी, अदुवाको रस, पुदिनाको पात, धनियाँको पात र स्वादअनुसार नून हाली राम्ररी मोल्नुपर्छ ।
त्यसपछि बटर दलेको पाउरोटीमा सबै ठाउँमा पैmलिने गरी तयार पारेको सब्जीको मिक्सर हालेर हलुकासँग प्रेस गर्नुपर्छ । ओभनमा राख्नुअगाडि प्रत्येक पाउरोटीमा माथिबाट मसिनो गरी काटेको गोलभेंडा र चीज हाल्नुपर्छ । त्यसपछि अगाडि नै तातो पारेको ओभनको ट्रेमा उक्त पाउरोटी मिलाएर हाल्नुपर्छ । करिब २० मिनेट जति राखेपछि तात्तातै सर्भ गर्नुपर्छ ।